| सोमवार, कार्तिक २३, २०८३

भूकम्पमा अभिभावक गुमाएका सुर्योदयका विद्यार्थीलाई छात्रवृत्ति वितरण

धार्चे गाउँपालिका ५ को सुर्योदय माविका दश विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
कर्मा फ्लाईङ नामक संस्थाले भुकम्पमा अभिभावक तथा आफन्त गुमाएका विपन्न परिवारका दश विद्यार्थीलाई जनही चार हजर पाचँ सय रुपैयाँ सहित स्टेशनरी, विद्यालय पोशाक, झोला वितरण गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा वडाअध्यक्ष तुलबहादुर गुरुङले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका हुन् ।
गतबर्षदेखि छात्रवृत्ति उपलब्ध गराएको संस्थाले उनिहरु १२ कक्षा उर्तिण नहुन्जेल सहयोग गर्ने जनाएको छ । भूकम्पमा अभि भावक गुमाएका बाल बालिकाको पठनपाठनलाई निरन्तरता दिन छात्रवृत्तिले सहयोग पुगेको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्