| सोमवार, कार्तिक २३, २०८३

गोरखा सेवा समाजद्वारा चार विद्यालयलाई १२ थान कम्प्यूटर प्रदान

गोरखा सेवा समाजले चार विद्यालयलाई १२ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

कम्प्युटर कक्षा सञ्चालनका लागि समाजले चार विद्यालयलाई कम्प्यु टर सहयोग गरेको हो । गोरखा सदरमुकाममा आइतबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमुख जनुका अधिकारी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेल, समाजका अध्यक्ष कैलाशबाबु श्रेष्ठले सम्बन्धीत विद्यालयका प्रधानाध्यापक तथा ब्यबस्थापन समितिका अध्यक्षलाई कम्प्युटर हस्तान्तरण गरे ।

समाजले शहिद लखन गाउँ पालिकाको राम्चे प्राथमिक विद्यालय, सिरानचोक गाउँपालिका को जनज्योती माध्यामिक विद्या लय र आहालभन्ज्याङ माध्यामिक विद्यालय र आरुघाट गाउँपालिका को जामुने प्राथमिक विद्यालयलाई तीन ÷तीन थान कम्प्युटर दिएको हो ।

कतारमा रहेका गोर्खालीहरुले पठाएको रकमले कम्प्युटर खरिद गरी वितरण गरेको समाजका अध्यक्ष श्रेष्ठले जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाइसँगको समन्यव तथा स्थलगत अनुगमनपछि प्राथमिक ताका आधारमा विद्यालय छनौट गरिएको उनको भनाई छ । अब विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनमा सहयोग पुगेको राम्चे प्राथमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्रकुमार श्रेष्ठले बताए । ‘हामीकहाँ ६ वटा मात्रै कम्प्युटर थियो’ उनले भने ‘विद्यार्थीलाई चलाउन दिन सकेका थिएनौं। शिक्षकले मात्र प्रयोग गथ्र्यौ । अब तिनवटा कम्प्युटर थपियो ।

कक्षा एक देखि ५ सम्म नै कम्प्युटर कक्षा चलाउने योजना बनाएका छौं ।’ विद्यार्थीको सिकाई उपलब्धी बढाउन कम्प्युटर प्रयोग गर्ने जामुने प्रावीकी प्रधानाध्यापक इन्द्रकुमारी तामाङले बताईन् ।‘विद्यालयमा कम्प्युटर नै थिएन’ उनले भनिन् ‘हामी शिक्षकलाई प्रशासनिक काम गर्न र विद्यार्थी लाई कम्प्युटर कक्षा शुरु गर्न पनि अब मेसो मिलेको छ ।’ समाजका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमुख अधिकारी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख पौडेल, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्