
धर्मोदयमा विद्यार्थीलाई स्टेशनरी र पोशाक वितरण
दरौंदी : गोरखाको पालुङटार नगरपालिका ९ को धर्मोदय माध्यामिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी र विद्यालय पोशाक वितरण गरिएको छ ।

नेपाल बाल उद्धार संस्था र ब्यबसायी इश्वरनिधि पाण्डेले २४ जना विद्यार्र्थीलाई पोशाक र ३५ जना विद्यार्थीलाई झोला र स्टेशनरी वितरण गरेका शिक्षक रुपेश तामाङले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक इश्वरबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा पालुङटार नगरपालिकाका कार्यवाहक मेयर एवं वडा नं ९ का अध्यक्ष भेजराज पाण्डे, रामबहादुर परियार लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




