| सोमवार, कार्तिक २३, २०८३

वैवाहिक बर्षगाँठको अबसरमा आश्रममा सहयोग

 

वैवाहिक जीवनको २५ औं बर्षगाँठको अबसरमा गोरखा नगरपालिका ६ का थापा दम्पतीले मानवसेवा आश्रममा सहयोग गरेका छन् । कालीमाटी टोल हरमटारीका रुपा थापा र कृष्ण थापाले आफ्नो वैवाहिक जीवनको २५ औ बर्षको अबसरमा आश्रमका बाल बालिकालाई १५ हजार रुपैयाँ बराबरको स्टेसनरी,खाद्यान्न र लत्ताकपडा सहयोग गरेका हुन् । आश्रमका बालबालिकासँग खुसी साट्न तथा उनिहरुको लालनपानमा सघाउन सहयोग गरेको थापा दम्पतीले बताएका छन् ।

आमाको सम्झनामा आश्रमलाई मासिक पाचँ सय रुपैयाँ पनि उपलब्ध गराउने घोषणा गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा आश्रमका संरक्षक सितलकाजी मास्के,धिरज बहादुर मास्के, ईश्वरकाजी मास्के, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष मोहनलाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्