
शक्ति माविको विद्यालय भवन हस्तान्तरण
गोरखा सदरमुकामको शक्ति माध्यामिक विद्यालयमा दुईवटा भवन उद्घाटन गरिएको छ । लायन्स क्लब अफ गोरखाको दुई करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भएको भवन लायन्स क्लब इन्टरनेशल फाउण्डेसनका निर्देशक डाक्टर नरेश अग्रवालले विहिबार उद्घाटन गरेका हुन् । डेढ बर्षको अबधिमा १६ कोठे २ वटा भवन निर्माण गरिएको लायन्स क्लब अफ गोरखाका प्रथम उपाध्यक्ष अच्युतलाल श्रेष्ठले बताए । भुकम्पले पुरानो भवनमा क्षति पु¥याएपछि लायन्सको सहयोगमा नयाँ भवन निर्माण भएको उनको भनाई छ । लायन्स क्लब अफ गोरखाका अध्यक्ष श्यामबाबु जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबाबु जोशी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सोही कार्यक्रममा लायन्स क्लब मार्फत पुनर्निमाण तथा समाज सेवामा उत्कृष्ट कार्य गरेको भन्दै अन्तराष्ट्रिय लायन्स क्लबको तर्फबाट लायन्स क्लब इन्टरनेशल फाउण्डेसनका निर्देशक अग्रवालले लायन्स क्लबका अध्यक्ष जोशी, प्रथम उपाध्यक्ष श्रेष्ठ र पुर्व अध्यक्ष योङ्गकुमार श्रेष्ठलाई सम्मान गरेका छन् ।




