| सोमवार, कार्तिक २३, २०८३

नारेश्वरमा ऐन नियम मिचेर प्रअ नियुक्ति गरिएको भन्दै शिक्षक संघद्वारा बिरोध

 

नेपाल शिक्षक संघ गोरखाले नारेश्वरको विन्ध्याबासिनी माध्यामिक विद्यालयमा प्रचलित शिक्षा ऐन तथा शिक्षा नियमावली अनुसार प्रधानाध्यापक नियुक्ति गर्न माग गरेको छ । प्रधानाध्यापक इश्वरबाबु थापा चैत दश गते देखि अबकास पाएपछि प्रचलित शिक्षा ऐन तथा शिक्षा नियमावली अनुसार प्रथम श्रेणीका जिल्लाकै वरीष्ठ शिक्षक उदय बहादुर भट्टले निमित्त प्रधानाध्यापक भई काम गर्दै आएकोमा हालै ब्यबस्थापन समितिले तुलनात्मक रुपमा कम योग्य शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको भन्दै संघले विरोध जनाएको हो ।

भट्ट निमित्त प्रधानाध्यापक भई काम गरिरहेको अबस्थामा ब्यबस्थापन समितिको पदेन सदस्य सचिव भई काम गर्नुपर्ने प्रधानाध्यापकलाई जान कारी नै नदिई गत चैत २९ गते विद्यालय बन्द रहेको अबस्थामा मावि तृतीय श्रेणीका शिक्षक माधव तिवारीलाई सदस्य सचिव बनाई बैठक सञ्चालन गरेको तथा निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएर गैरकानुनी काम गरेको शिक्षक संघले ठहर गरेको छ । शिक्षा ऐन विपरितका यस्ता निर्णय बदर गरी नियम अनुसार भट्टलाई निमित्त प्रधानाध्यापक भई कार्य गर्न पाउने ब्यबस्था मिलाउन नगर शिक्षा समिति समितिमा ध्याना कर्षण पत्र बुझाएको नेपाल शिक्षक संघ गोरखाका अधयक्ष लुमनाथ लामिछानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्