| सोमवार, कार्तिक २३, २०८३

सरस्वती मावि बोर्लाङको अस्थायी टहरा हावाहुरीले उडायो

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ८ को एक विद्यालयको अस्थायी टहरा हावा हुरीले उडाएको छ ।
बोर्लाङको सरस्वती माध्यामिक विद्यालयको टहरा सोमबार साँझको हावाहुरीले उडाएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेलले जानकारी दिए । विद्यालयको पक्की भवन जाईकाको सहयोगमा निर्माण भैरहेकाले सो टहरामा नै विद्यार्थी पढ्दै आएका थिए । हावाहुरीले अन्य विद्यालयमा पु¥याएको क्षतिको विवरण संकलन भैरहेको इकाईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्