| सोमवार, कार्तिक २३, २०८३

आहालेका दृष्टिबिहिन विद्यार्थीलाई कम्प्यूटर ट्याब्लेट वितरण

गोरखा नगरपालिका ८ को सरस्वती माध्यामिक विद्यालयका दृष्टिविहिन विद्यार्थीलाई ट्याब्लेट वितरण गरिएको छ । फाउन्डेसन फर नेप्लिज ब्लाईन्ड स्टुडेण्ट पोखराले विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ९ दृष्टिविहिन विद्याथीलाई एक एक थान ट्याब्लेट वितरण गरेको प्रधाना ध्यापक पुरुषोत्तम भट्टराईले बताए । विद्यालयमा आयोजित एक कार्यक्रममा संस्थाका शिवलाल धितालले दृष्टिविहिनलाई ट्याब्लेट वितरण गरे । संस्थाले दृष्टि विहिनको सिकाइ उपलब्धी बढाउन का लागि विद्यालयलाई पनि एक ÷एक थान ट्याब्लेट र गुगल मिनि होम दिएको छ । विद्यालयमा १२ दृष्टिविहिन आवासिय रुपमा अध्ययन गर्दै आएका छन् । कार्यक्रममा हिमालय आँखा अस्पतालका चिकित्सकले दृष्टि विहिनका आँखा जाँच गरेका थिए । विद्यालयको गुणस्तर लेखाजोखा समितिको संयोजक कोपिला अधिकारीको अध्यक्षतामा भएको कार्यत्रमा संस्थाका धिताल लगायतले आगामी दिनमा पनि दृष्टिविहिनको शैक्षिक स्तरवृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्