
एसईईमा गोरखाका ४१ जना अनुपश्थित
माध्यामिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनको अंग्रेजी विषयको परिक्षामा गोरखाका ४१ परिक्षार्थी अनुपस्थित भएका छन् । जिल्लामा चार हजार चार सय तिन परिक्षार्थीमध्ये ४१ जना अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाई गोरखाका विद्यालय निरीक्षक रामबहादुर अधिकारीले जानकारी दिए । अनुपस्थित हुनेमा २० छात्र र २१ छात्रा छन् । यस बर्ष जिल्ला बाट एकजना मात्रै दृष्टिविहीन सहभागी भएका छन् । गोरखा नगरपालिका ८ को सरस्वती माध्यामिक विद्या लय आहालेका टिकाराम आले महा लक्ष्मी माध्यामिक विद्यालय लक्ष्मी बजार केन्द्रमा परिक्षामा सहभागी छन् । सहयोगीको साथमा उनी परीक्षामा सहभागी भएका विद्यालय निरीक्षक अधिकारीले बताए ।
यस्तै, जिल्ला कारागार गोरखा र नेपाल प्रहरीको हिरासत बाट पनि एक ÷एक परीक्षार्थीले परीक्षा दिएका छन् । यसबर्षको परीक्षामा जिल्ला मा छात्राको संख्या बढि रहेको इकाईले जनाएको छ । कुल परी क्षार्थी मध्ये दुई हजार ९४ छात्र र २,३०९ छात्रा रहेका अधिकारीले जानकारी दिए । आइतबार जिल्लाको २५ वटै परीक्षा केन्द्रमा शान्तिपुर्ण तथा मर्यादित रुपमा परीक्षा सम्पन्न भएको उनको भनाई छ ।




