
महेन्द्रज्योति माविको ५८ औं बार्षिकोत्सव सम्पन्न
दरौंदी समाचारदाता
गोरखा नगरपालिका ६ स्थित महेन्द्रज्योति माविको ५८ औं बार्षिकोत्सव समारोह बिहिबार सम्पन्न भएको छ ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार जोशी (दिलिप)को अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, विशेष अतिथि उपमेयर बिनाकुमारी श्रेष्ठ, शिक्षक महासंघका अध्यक्ष ध्रुवकुमार भट्ट, शिक्षक संघका अध्यक्ष लुमनाथ लामिछाने, भूतपूर्व प्रअ कृष्णमान श्रेष्ठ, भूपू शिक्षक डा. राजुबाबु श्रेष्ठ, भूपू शिक्षक तुलसा मरहट्टा, सहायक प्रअ नन्दकुमार श्रेष्ठ शिक्षक भाइकाजी श्रेष्ठ, विद्यार्थी विपना गान्धारीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । समारोहमा प्रअ लक्ष्मणबाबु आचार्यले बार्षिक प्रगति प्रतिवेदन, पेश गरेका थिए ।
कार्यक्रममा गोनपा ६ का विनय कुमार श्रेष्ठले कक्षा ११ र १२ मा पढ्ने आठ जना विद्यार्थीलाई १०, १० हजार रुपैंयाका दरले छात्रवृत्ति वितरण गरेका थिए । त्यस्तै ७१ जना विद्यार्थीलाई ११ वटा बिभिन्न शीर्षकका छात्रवृत्ति वितरण गरिएको थियो । सोही अवसरमा नर्मदा रिजालको नाममा २५ हजार रुपियाँको अक्षयकोष स्थापना गरिएको प्रअ आचार्यले बताए ।
समारोहमा महेन्द्रज्योति माविमा २५ बर्षसम्म स्थायी सेवा गरेका शिक्षकहरु रेनु श्रेष्ठ, मलिना मास्के र भाइकाजी श्रेष्ठलाई दीर्घसेवा पदक, प्रसंसापत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सेवा दलमा सहभागी ३३ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको प्रअ आचार्यले जानकारी दिए ।
साथै राष्ट्रिय सेवा दलमा संवद्ध विद्यार्थीलाई प्रशिक्षित गरेबापत दुईजना नेपाली सेनालाई सम्मान गरिएको थियो ।




