| सोमवार, कार्तिक २३, २०८३

महालक्ष्मी मावि लक्ष्मीबजारको ४३ औं बार्षिकोत्सव, २२ कोठे भवनको सिलान्यास

अनुपमा खनाल :

गोरखा नगरपालिका ९ को महालक्ष्मी माध्यामिक विद्यालयमा नयाँ भवन निर्माण शुरु भएको छ । भारत सरकारको सहयोगमा बन्ने भवनको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलले सिलान्यास गरे । विद्यालयको ४३ औं बार्षिकोत्सव एवंम् अभिभावक समारोहका अबसरमा भवनको शिलान्यास गरिएको हो । भारत सरकारको पाचँ करोड ६७ लाख रुपैयाँको लागतमा राष्टिूय पुनर्निमाण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत २२ कोठे भवन बन्न लागेको हो । १५ महिनाभित्र निर्माण पुरा गर्नेगरि जेभि कन्स्टूक्सनले निर्माणको जिम्मा लिएको विद्यालयका सहायक प्रधानाध्यापक टेकबहादुर उपरकोटील बताए । भुकम्पले क्षति पु¥याएको भवन रेटूोफिटीङ गरेर हाल तिनवटा भवनमा कक्षा सञ्चालन भैरहेको उनको भनाई छ । भवन अभावकै कारण दुई वटा कक्षा बाँसले बारेर बनाएको टहरामा सञ्चालन गर्नुपरेको उपरकोटीले जानकारी दिए । १२ कक्षासम्म सञ्चालित विद्यालयमा आठ सय ५० विद्यार्थी अध्ययनरत छन् ।


बार्षिकोत्सवकै अबसरमा विद्यालयले शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरेको छ । विद्यालयमा अक्षयकोष स्थापना गर्ने हरीप्रसाद घिमिरे, बुद्धिबहादुर कुँवर, प्रमिला बस्न्यात, नन्दबहदुर खत्री, चुडामणी कट्टेल,लोकबहादु बस्नेत र शुशीला घिमिरे सम्मानित भएका छन् । यस्तै, विद्यालयकी शिक्षीका यशोदा देवकोटा दिर्घसेवा सम्मानबाट सम्मानित भएकी छिन् । विद्यालय ब्यबस्थापन समितिका पुर्व पदाधिकारी गगन बसेल, पुर्व शिक्षक डाक्टर पूरुषोत्तम ठाकुर र पुर्व शिक्षक अर्जुन कुँवरलाई मरणोपरान्त सम्मान गरिएको छ । विद्यालयका शिक्षक विष्णु घिमिरे, डोलमान सींहबस्नेत, दिपक ढकाल, प्रमिला थापा, नवराज उपाध्याय, हितबहादुर भट्ट र गौतम बल्छौडी पनि सम्मानित भएका छन् ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिव केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री पोखरेल, गण्डकी प्रदेशका सांसद हरीशरण आचार्य, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, भारतीय दुतावासका निरज जैशवाल, वडा अध्यक्ष कुलबहादुर कुँवर, केन्द्रिय आयोजना कार्यान्वयन इकाईका उप निर्देशक दिलिप शेखर श्रेष्ठ, जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रामप्रसाद आचार्य, प्रधानाध्यापक चुडामणी काप्री लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्