| सोमवार, कार्तिक २३, २०८३

रामशाह माविलाई वडा कार्यालयले दियो ११ थान कम्प्यूटर

गोरखा नगरपालिका वडा नं १३ देउरालीको रामशाह माध्यामिक विद्यालयलाई वडा कार्यालयले ११ थान कम्प्युटर प्रदान गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष हरीबहादुर खनालले प्रधानाध्यापक गणेशकुमार श्रेष्ठलाई कम्प्युटर प्रदान गरे । विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई कम्प्युटर कक्षा सञ्चालनका लागि कम्प्युटर उपलब्ध गराएको वडाअध्यक्ष खनालले बताए ।
वडा कार्यालयको तीन लाख रुपैयाँ बजेटले कम्प्युटर खरिद गरेको उनको भनाई छ ।
विद्यालयमा यसअघि ५ थान कम्प्युटर रहेको थियो । प्राप्त थप कम्प्युटरले अब कम्प्युटर कक्षा सञ्चालनका लागि सजिलो भएको प्रधानाध्यापक श्रेष्ठले बताए ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भानुभक्त थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक देवप्रसाद खनाल लगायतले मन्तब्य राखेका वडा अध्यक्ष हरिबहादुर खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्