
त्रिवेणी माविमा कृषि बिषयमा उच्च शिक्षाका लागि महापुराण, कम्यूटरका लागि नौ लाख सहयोग
दरौंदी : पालुङ्टार ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयका लागि क्यानडामा बस्ने नेपालीहरुको संस्थाले नौ लाख रुपियाँ बराबरको कम्प्यूटर सहयोग उपलब्ध गराएको छ । कृषि विषयमा उच्च मावि सञ्चालनका लागि सप्ताहज्ञान महायज्ञ सञ्चालन भइरहेको सो विद्यालयमा उपस्थित देवदत्त अधिकारीले क्यानडाको नेपाली हेरिटेज च्यारिटी फाउण्डेशन बिसी क्यानडाको तर्फबाट सो सहयोग हस्तान्तरण गरेका हुन् । कम्प्यूटरको आइतबार उद्घाटन गरिएको विद्यालयका व्यबस्थापन समितिका अध्यक्ष तेजबहादुर थापाले जानकारी दिए । साथै सो विद्यालयमा सञ्चालित महापुराणमा सोमबार उपस्थित नगरपालिकाका मेयर दीपक बाबु कँडेलले उच्च मावि सञ्चालनका लागि लाग्ने आर्थिक दायित्व बहन गर्न नगरपालिका तयाररहेको बताएका अध्यक्ष थापाले बताए ।




