| सोमवार, कार्तिक २३, २०८३

त्रिवेणी माविमा सप्ताहबाट पाँच दिनमा ४३ लाख

दरौंदी : पालुङटार नगरपालिका ९ सेराको त्रिवेणी माविमा सञ्चालित सप्ताहज्ञान महायज्ञ बाट पाँचौं दिनसम्ममा करीब ४३ लाख रुपैयाँ संकलन भएको छ । विद्यालयमा कृषि विषयमा उच्च मावि सञ्चालनका लागि आयोजित महायज्ञको पाचौं दिनसम्म ४२ लाख ९६ हजार एक सय ३९ रुपैयाँ संकलन भएको प्रधानाध्यापक चुडाप्रसाद अधिकारीले बताए ।
महायज्ञमा नगरपालिकाको वडा नं ९ कार्यालयले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ, गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, स्थानीय नारायण अधिकारीले एक लाख ६२ हजार सातसय ५० रुपैयाँ, नन्दप्रसाद अधिकारीको परिबारबाट एक लाख १३ हजार दुई सय ५० रुपैयाँ हस्तान्तरण गरिएको छ ।
सोही विद्यालयमा कार्यरत सबै शिक्षकहरुबाट पाँच लाख रुपैयाँ संकलन भएको प्रअ अधिकारीले बताए । माघ २२ गतेसम्म चल्ने महायज्ञमा पण्डित इश्वर रेग्मीले श्रीमद भागवत महापुराणको कथा वाचन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्