| सोमवार, कार्तिक २३, २०८३

हिमाली माविको स्वर्ण जयन्ती, सांसद गुरुङद्वारा विद्यालय र आमा समूहलाई आर्थिक सहायता

सिरानचोक गाउँपालिका ६ सान्नानीभञ्ज्याङस्थित हिमाली माविको स्वर्णजयन्तीको दोस्रो दिन मंगलबार बिभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष वुद्धिबहादुर गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद मनकुमारी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
तीनदिने स्वर्णयन्तीको दोस्रो दिन सिरानचोक गाउँपालिका स्तरको अन्तरविद्यालय आधारभूत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा १० विद्यालय सहभागी थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक र चन्दादाताहरुलाई सम्मान गरिएको थियो । सांसद गुरुङले १५ जनालाई सम्मान गरेको प्रधानाध्यापक वुद्धिमान गुरुङले जानकारी दिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सांसद गुरुङले सिरानचोक रिङरोडलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिएकी थिइन् । सो कार्यक्रममा उनले विद्यालयलाई र गैरा आमा समूह र बाँसपुर आमा समूहलाई आर्थिक सहयोग गरेकी प्रअ गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्