
रत्नराज्य माविको समस्या समाधान गर्न शिक्षक संघ, महासंघको जोड
बिगत केही दिनदेखि बिग्रिदै गएको रत्नराज्य मावि, विरेञ्चोक को समस्या समाधान गर्न नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघले माग गरेको छ । नेपाल शिक्षक महासंघ जिल्ला समिति, नगर कार्यसमिति र नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै विद्यालयका प्रधानाध्यापक सरला देवकोटामाथि भएको दुब्र्यबहारको भत्र्सना गरेको छ । साथै घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ । महासंघका जिल्ला सह अध्यक्ष राजन कट्टेल र सचिव श्यामप्रसाद लामिछाने तथा नगर समितिका अध्यक्ष पुरुषोत्तम भट्टराई र सचिव भाइकाजी श्रेष्ठ त्यस्तै नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछाने द्वारा हस्ताक्षर गरिएको अलग अलग विज्ञप्तिमा घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । प्रअ र शिक्षकको पेशागत सुरक्षा स्थापित गर्दै शिक्षकहरुलाई निर्भीक विद्यालयजाने र विद्यार्थीहरु निर्भीकताका साथ विद्यालय आउने वातावरण बनाउन माग गरिएको छ । यस्तै, नेपाल शिक्षक महासंघ नगर कार्यसमिति गोरखाले पनि विज्ञप्ती जारी गर्दै प्रधानाध्यापक माथि भएको दुब्र्यबहार शैक्षिक अराजक गतिविधी भएको ठहर गर्दै विद्यालयमा पठनपाठनको सहज वातावरण बनाउन माग गरेको छ । साथै अवैध समितिले अवैध ढंगले प्रधानाध्यापक परिवर्तन गर्न खोजेको भन्दै देवकोटालाई ससम्मान पदमा स्थापित गर्न माग गरेको छ । गत आइतबार पद छाड्न दबाब दिदै प्रअको कार्यकक्ष मै लछारपछार गर्दै कुर्चिबाट तानेर बाहिर निकालेका थिए । त्यसयता विद्यालयमा पठनपाठन प्रभावित हुँदै आएको छ ।




