| बुधबार, असार ९, २०८३

गुम्सीको भबिश्य के होला ?

२०७२ बैशाख १२ गते भूकम्प गयो । सबैतिर क्षतबिक्षत भयो । विशेष गरी लाप्राक, केरौंजा जस्ता ठूला बस्ती भएका गाउँहरु पहिरोको जोखिममा परे । तत्काल स्थानान्तरण गर्न सरकारले आग्रह ग¥यो तर यी दुवै बस्ती अहिलेसम्म स्थानान्तरण भएका छैनन् । केरौंजाका बासिन्दाले कहाँ घर बनाउने भन्ने पनि थाहा पाएका छैनन् । लाप्राकबासीलाई चाहिँ गुप्सीपाखामा सरकारले बस्ती बसाल्न जग्गा उपलब्ध गरायो । एनआरएनएले घर बनाइदिने सम्झौता ग¥यो । सम्झौता भएको पनि दुई बर्ष नाघिसकेको छ तर अहिलेसम्म बस्ती निर्माण सम्पन्न भएको छैन । बस्ती निर्माण नभइसक्नुको बेफाइदा लाप्राकबासीले पुरानै जोखिम बस्तीमा घर बनाइसकेका छन् । उनीहरु अब झिटीगुण्टा बोकेर गुप्सीपाखा जान तयार छैनन् । केही युवा पुस्ता जानुपर्छ भन्ने पक्षमा छन् , अधिकांश प्रौढ र वृद्ध पुस्ता जान तयार छैनन् । भुकम्पको अत्यासमा एकपटक झिटीगुण्टा बोकेर गइयो । आ(आफ्नो घडेरी ओगटेर टहरो बनाएर बसियो । एनआरएनएले घर बनाउने भनेर निकालिदिए । झिटीगुण्टा बोकेर पुरानै बस्तीमा झरियो । भए नभएको पैसाले पुरानै भत्किैका घर उभ्याइयो । अब फेरि गुप्सीपाखा किन जाने ? भन्ने पक्षमा गाउँले छन् । २०५६ सालमा गएको पहिरोमा पनि जंगल बढेकाले फेरि पहिरो जाने सम्भावना उनीहरु देख्दैनन् । खेतीपाती सबै तल्लो गाउँनेर छ । साझबिहान गुप्सीपाखाको उकालो ओरालो गर्न उनीहरु तयार छैनन् । तर सरकारले रेडजोन भनेकाले विकास निर्माणको काम भने ठप्प प्राय छ । स्थानीयकै पहलमा भूकम्पका बेला भत्किएको विजुली मर्मत गरेर बालेका छन् । त्यही बेलाको खानेपानी मर्मत गरेर उपयोग गरेका छन् । नयाँ बन्ने संरचनाहरु सबै गुप्सी आसपास बनेकाले उनीहरुलाई समस्या भने भएको छ । यदि कुपन थुतेर पाएका घरहरुमा गाउँले बस्न गइदिएनन् भने ५७३ घरले भरिएको गुप्सीको भविष्य के होला ?

प्रतिक्रिया दिनुहोस्