| आइतवार, कार्तिक २२, २०८३

धार्चेमा विकासे बजेट ३८ लाख रुपैयाँ मात्र खर्च

गोरखाको धार्चे गाउँपालिकाले चालु आर्थिक बर्षको पाँच महिनामा ३८ लाख २३ हजार रुपैयाँ विकास बजेट खर्च गरेको छ । गाउँपालिकाको २३ करोड ५५ लाख ८४ हजार कुल बजेटमध्ये ८ करोड ९३ लाख २६ हजार रुपैया विकास बजेट थियो । त्यसमध्ये ३८ लाख २३ हजार रुपैयाँ मात्र खर्च भएको गाउँपालिकाका प्रशासकिय अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । यस्तै, चालुतर्फ १४ करोड ६२ लाख ५८ हजार रुपैयाँ बजेटमध्ये ४ करोड ४४ लाख रुपैया खर्च भएको छ । धार्चे गाउँपालिकाको माछीखोला स्थित कार्यालयमा भएको हिउँदे गाउँ सभामा हालसम्मको खर्च विवरण सार्वजनिक गरिएको हो । सभाले न्यायीक समितिको कार्यालय ब्यबस्थापन सम्बन्धि ऐन २०७५, गाउँपालिकामा एफ एम रेडियो सञ्चालन सम्बन्धि विधेयक र शिक्षा नियमावली २०७५ पारित गरेको छ । साथै आपतकालीन कोष सञ्चालन कार्य््िवधि र गरिवि निवारण सम्बन्धी कार्यविधि पनि गाउँसभाले पारित गरेको प्रशासकिय अधिकृत पाण्डेले जानकारी दिए ।
चालु आर्थिक बर्षको केहि योजना पनि गाउँसभाले संसोधन गरेको छ ।
जसअन्ततगत चालु आर्थिक बर्षमा प्याराग्लाईडिङ खरिदको सात लाख रुपैयाँको बजेट प्याराग्लाईडिङ सम्भाब्यता अध्ययनका लागी रुपान्तरण गरिएको छ । यस्तै, गाउँपालिकाको साझेदारी शिर्षकमा रहेको ५० लाख रुपैयाँमध्ये २४ लाख रुपैयाँ सभाहल निर्माणका लागि विनियोजन गरिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा बन्ने सभाहलका लागि गाउँपालिका बाट उक्त रकम विनियोजन गरिएको हो । सभाहल निर्माणका लागि प्रदेश सरकारले ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी साझेदारी शिर्षकको बजेटबाट नै दुई लाख ५० हजार रुपैयाँ गाउँ पालिकाको डकुमेन्टूी बनाउनका लागी विनियोजन गरिएको छ । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा हिउँदे गाउँसभा भएको हो ।

प्रतिक्रिया दिनुहोस्