| आइतवार, कार्तिक २२, २०८३

पाचदेखि ५० हजार रुपैयासम्म शेयर राख्ने निर्णय

जिल्ला सहकारी संघ गोरखाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाममा भएको सभाले संस्थाको आर्थिक कारोबार बढाउन सदस्य संस्थाले न्युनतम पाँच हजारदेखि अधिकतम ५० हजार रुपैयाँको शेयर राख्ने निर्णय गरेको छ ।
यस्तै, सदस्य सँस्थाहरुले मासिक एक हजार रुपैयाँ बचत संकलन गर्ने पनि निर्णय भएको सँस्थाका सदस्य रामबाबु श्रेष्ठले जानकारी दिए ।
साधारणसभाले सहकारी ऐन २०७४ अनुसार विधान संसोधन गर्ने निर्णय पनि गरेको छ । कार्यक्रममा कोषाध्यक्ष मिना अधिकारीले सँस्थाले एक बर्षमा आठ लाख १७ हजार रुपैयाँको कारोबार गरेको जानकारी दिईन् । सचिव महेन्द्रप्रसाद खनालले प्रगति प्रतिवेदन पेश गर्दै सदस्य संस्थाका जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।
सँस्थाका अध्यक्ष बाबुराम कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धिताल, आरुघाट गाउँपालिका वडा नं १० का अध्यक्ष मेनबहादुर अधिकारी, उपभोक्ता सहकारी संघका सल्लाहकार खोपबहादुर कँडेल, अध्यक्ष ऋषि राज धौराली, संस्थाका राष्टिूय प्रतिनिधी हरिराम अधिकारी, उपाध्यक्ष दुर्गा देवकोटा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्