
महिला उद्यमी विकास समितिको साधारणसभा
गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको सातौ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
समितिकी अध्यक्ष रीता रेग्मीको अध्यक्षता तथा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवन ज्योति श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा सहसचिव सविता जोशीले समितिको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
साथै सभामा प्रमुख अतिथि श्रेष्ठ, विशेष अतिथि जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारी, समितिकी निवर्तमान अध्यक्ष विष्णु मास्के, लोकतान्त्रिक महिला समाजकी अध्यक्ष सरुना पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका सचिव जोशीले जानकारी दिइन् ।




