| सोमवार, कार्तिक २३, २०८३

अन्नपुर्ण बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

दरौंदी : गोरखा नगरपालिका ६ को अन्नपुर्ण बचत तथा ऋण सहयोगार्थ सहकारी सस्थां लिमिटेडको सोह्रौ साधारण सभा सम्पन्न भएको छ ।
निर्माण ब्यबसायी संघको हलमा भएको कार्यक्रममा सस्थांका सचिव राजन ढुंगाना र कोषाध्यक्ष विनोदबाबु अर्यालले प्रगति तथा आयब्यय प्रतिवेदन पेश गरेका थिए । सस्थांले एक बर्षमा करीब ९० लाख रुपैयाँ ऋण प्रवाह गरेको कार्यक्रममा जानकारी दिईएको थियो । सस्थांका अध्यक्ष तुलसीप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, सस्थांका उपाध्यक्ष भाइचन्द्र श्रेष्ठ, जैसी उपरकोटी, कालिका पाण्डे, सुमन श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्