
सुन्तला महोत्सवको तयारी पूरा
दरौंदी ः गोरखाको शहिद लखन गाउँपालिका ३ मनकामनाको रामशाहघाट बजारमा आजबाट हुने तेस्रो सुन्तला महोत्सव एव कृषि तथा पशु प्रदर्शनी मेलाको तयारी पुरा भएको छ ।
मेलाका लागि स्टल ब्यबस्थापन, मञ्च निर्माण, पत्राचार, प्रचारप्रसार लगायत सम्पुर्ण काम सकिएको शहिद लखन गाउँपालिकाका कृषि शाखा प्रमुख विजय पौडेलले जानकारी दिए । मेलाको प्रतिनिधी सभा सदस्य हरीराज अधिकारीले उद्घाटन गर्नेछन् । सुन्तला जोन कार्यक्रम, शहिद लखन गाउँपालिका, नयाँपुल कृषि उपज केन्द्र लगायतको आयो जनामा हुने महोत्सवकै अबसरमा उत्कृष्ट किसानलाई पुरस्कृत गरिने भएको छ । सुन्तला बालीका अठार, अन्य कृषि बालीतर्फका अठ्ठाईस र पशुपंक्षी तर्फका आठ जना किसानलाई पुरस्कृत गरिने भएको हो । कार्यक्रममा जिल्लाभरका सुन्तला किसान सहभागी हुने आयोजकले जनाएको छ ।




