महालेखा परिक्षकको टोली गोरखामा
दरौंदी ः महालेखा परिक्षकको कार्यालयको टोली गोरखा आएको छ । गोरखामा एक महिना रहने ६ सदस्यिय टोलीले जिल्लामा संघ, प्रदेश र स्थानिय तह मातहत रहेका सबै सरकारी कार्यालय र नेपाल सरकार वा प्रदेश सरकारको पुर्ण स्वामित्व भएको संगठित सस्थांको लेखापरिक्षण गर्नेछ । ३÷३ जनाको समुहमा टोलीले काम गर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । सोही क्रममा सोमबार जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्लाका सरकारी कार्यालयका प्रमुख र महालेखा परिक्षकको कार्यालयको टोलीबिच प्रारम्भीक छलफल भएको छ । नेपालको संविधान बमोजिम संघ, प्रदेश, स्थानिय तहका सबै सरकारी कार्यालय र नेपाल सरकार वा प्रदेश सरकारको पुर्ण स्वामित्व भएको संगठित सस्थांको कानुन बमोजिम नियमितता, मितब्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यको विचार गरि महालेखापरिक्षकबाट लेखापरिक्षण हुने ब्यबस्था छ ।
नेपालको सर्वोच्च लेखापरिक्षण सस्थांको टोली आफ्नो ५६ औं प्रतिवेदनको तयारी स्वरुप विभीन्न जिल्लामा लेखापरिक्षणका लागि पुगेका छन् । उनिहरुले जिल्ला जिल्लामा लेखापरिक्षणका क्रममा संकलन गरेका विवरणलाई एकिकृत गरि बार्षिक प्रतिबेदन बनाईनेछ । कार्यालयले तयार पारेको प्रतिवेदन हरेक बर्ष राष्ट्रपति समक्ष पेश हुदैं आएको छ । वित्तिय अनुशासन अभिवृद्धि गर्न र सार्वजनिक निकायका पदाधिकारीलाई थप जवाफदेहि बनाउन यसले मद्धत पु¥याउने महालेखा परिक्षकको कार्यालयले विश्वास लिएको छ ।




