
कर दिवसमा अन्तरक्रिया
दरौंदी समाचारदाता : राष्ट्रिय कर दिवसको उपलक्ष्यमा गोरखामा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघीय संरचनामा बदलिदो कर नीतिसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको हो ।
गोरखा उद्योग वाणिज्य संघ गोरखाको आयोजना एवं आन्तरिक राजश्व कार्यालय पोखराको समन्वयमा संघको सभाकक्षमा अन्तरक्रिया भएको हो ।
संघका अध्यक्ष जीवनज्योती श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत सूर्यप्रसाद सेढाई, कर अधिकृत रामप्रसाद सुवेदीले परिवर्तित कर नीतिको वारेमा ोरखाका व्यापारी, व्यबसायीहरुलाई जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा जिल्लाका उद्यमी, व्यवसायी, महिला उद्यमी लगायत संघका पूर्व अध्यक्ष लगायत कार्यसमिति पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।




