| शुक्रबार, बैशाख १७, २०८३

पेशागत सहकारीको अधिवेशन सम्पन्न

सदरमुकामको पेशागत बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष मञ्जु अर्यालको अध्यक्षतामा सम्पन्न अधिवेशनले अर्यालकै अध्यक्षतामा ११ सदस्यीय समितिलाई निरन्तरता दिएको छ । जसको उपाध्यक्ष मा रमेश पोखरेल, सचिवमा बद्री अर्याल र कोषाध्यक्षमा नन्दलाल रेग्मी लगायत सदस्यहरुलाई चयन गरेको सचिव अर्यालले जानकारी दिए । अधिवेशनमा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर राजन राज पन्त, विशेष अतिथि नेपाली काङ्ग्रेसका उपसभापति सुकदेव दवाडी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछाने, सहकारीका पूर्व अध्यक्ष रामचन्द्र दवाडीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्