| शुक्रबार, भदौ २५, २०८३

रसुवा बाढी पीडितलाई धार्चेको तर्फबाट रु १५ लाख रुपैयाँ राहत

धार्चे गाउँपालिकाले गत भदौ १० गतेको बाढीका पीडितलाई राहत तथा पुनस्थापनाका लागि १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यही भदौ २२ गतेको कार्यपालिकाको बैठकले रसुवा बाढी पीडितलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको पालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

जनप्रतिनिधि, कर्मचारीहरु र शिक्षकहरुबाट संकलित पन्ध्र लाख रुपैयाँमध्य सो बाढीमा परी बेपत्ता भएका धार्चेका चार जनाको परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने पनि निर्णय भएको छ । साथै यथासम्भव कोशिस गर्दा पनि फेला नपरेमा परम्पराअनुसार काजकिरिया गर्न परिवारलाई किरिया खर्च र राहतस्वरुप प्रतिपरिवार फेरि पनि पचास हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको पालिका अध्यक्ष गुरुङले जानकारी दिए ।

बाँकी रकम धार्चे गाउँपालिकाको तर्फबाट रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्