
गोर्खाली दिदीबहिनी सञ्जाल र जोडी शक्ति समूहद्वारा बाढी पीडितलाई सहयोग
गोर्खाली दिदी बहिनी सञ्जाल र जोडी शक्ति समूहले भोटेकोशी–त्रिशुली बाढी पीडितलाई राहत सहयोग गरेका छन् ।
गोरखाली दिदीबहिनी सञ्जालले रू ५० हजार र जोडी शक्ति समूहले रू २२ हजार राहत रकम उपलब्ध गराएका हुन् । उनीहरुले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सो रकम उपलब्ध गराएको जानकारी दिएका छन् ।




