| बिहिबार, भदौ १७, २०८३

बारपाक सुलिकोटले बाढी पीडितलाई रु २८ लाख ५९ हजार सहयोग गर्ने

जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले भोटेकोशी–त्रिशुली बाढी पीडितहरुलाई २८ लाख ५९ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पालिकाले बुधबार विज्ञप्ति जारी गरी पीडितहरुका लागि सो रकम सहयोग गर्ने जनाएको हो ।

पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतबाट संयुक्त रुपमा रकम संकलन गरी सहयोग जुटाएर हस्तान्तरण गर्ने सो विज्ञप्तिमा भनिएको छ ।

साथै, बाढीपछि बेपत्ता भएका पालिकाका ६ जनाको परिवारलाई राहत स्वरुप ३५ हजारका दरले सहयोग गर्ने पालिकाको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्