| शुक्रबार, बैशाख १७, २०८३

बेगनास तालबाट विद्युत निकाल्ने कुलमानको योजना

दरौंदी ः नेपाल विद्युत प्राधिकरणले बेगनास र रुपातालमा पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ। पम्प स्टोरेज विधिबाट दुवै तालमा विद्युत उत्पादन गर्ने प्राधिकरणको योजना छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेगनास र रुपा तालबाट पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरेका हुन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खाना पकाउने ग्यासलाई विस्थापित हुनेगरी प्राधिकरणले विभिन्न तालहरूबाट पनि विद्युत उत्पादन गर्ने योजनाअघि सारेको स्पष्ट पारे। प्राधिकरणले विद्युत प्रशारण लाइनलाई स्मार्ट बनाउने योजनालाई पनि उच्च प्राथमिकता दिइएको स्पष्ट पारेको छ। प्राधिकरणले पाँच वर्ष्भित्र विद्युतबाटै खाना पकाउन आवश्यक व्यवस्था गर्ने लक्ष्य पनि लिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा विद्युतलाई भरपर्दो ऊर्जा शक्तिको रूपमा विकास गर्न कुनै कठिनाई नरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्