
कुनेढुंगो विनयचर्चद्वारा अनाथ बालबालिकालाई सहयोग
गोरखाको कुनेढुंगो विनयचर्चले अनाथ बालबालिकालाई सहयोग गरेको छ । गोरखा नगरपालिका ६ स्थित सो चर्चले बालमन्दिर माविको अनाथ आश्रममा रहेर अध्ययन गरिरहेका २० जनाभन्दा धेरै अनाथ बालबालिकालाई खाद्यान्न लगायतका सामग्री प्रदान गरेका हुन् ।
आउँदै गरेको क्रिसमसको पावन अवसर पारेर सो चर्चका प्रमुख तेज बरामले विद्यालयका प्रधानाध्यापक भार्गवबाबु पाण्डेलाई सो खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । चामल, नून, तेल, आलु लगायतका तरकारी हस्तान्तरण गरेका थिए ।




