| शुक्रबार, बैशाख १७, २०८३

हिमचुली बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

हिमचुली बचत तथा ऋण सहकारी संस्थाको ३३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभामा संस्थाको गत आवको बार्षिक प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । संस्थाका सचिव सहदेवप्रसाद श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रामचन्द्र आचार्यले आर्थिक प्रतिवेदनसँगै चालु आवको प्रस्तावित दायित्व र सम्पत्ति, आम्दानी तथा खर्चको विवरण प्रस्तुत गरेका थिए ।

सभामा लेखा सुपरिवेक्षण समिति संयोजक नारायणबाबु श्रेष्ठले लेखा प्रतिवदेन प्रस्तुत गरे । २०४९ सालमा स्थापना भएको संस्थाको कुल बचत ३७ करोड २४ लाख ७२ हजार रहेको छ । सेयर सदस्य २ हजार ६२५ जना छन् । सदस्यहरुको कुल सेयर ४ करोड १२ लाख ६४ हजार रहेको संस्थाले जनाएको छ ।

संस्थाका अनुसार २६ करोड ८४ लाख ६३ हजार ऋण लगानी गरिएको छ । असार मसान्तसम्म संस्थाको दायित्व तथा सम्पत्ति ४७ करोड ६२ लाख ७५ हजार रहेको बताइएको छ । आगामी आवि ५२ करोड पु¥याउने लक्ष्य संस्थाको छ ।

संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष शुशिल अर्याल, निवर्तमान अध्यक्ष दिलिप देवकोटा, कानूनी सल्लाहकार यादवप्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्