
ग्रेस बेकरीको सेवा विस्तार
ग्रेस बेकरी उद्योगले आफ्नो सेवा विस्तार गरेको छ । थप सेवासहित आइतवारबाट उद्योग संचालनमा आएको हो । गोरखा नगरपालिका–६ हरमटारीस्थित एमाहा सोरुम भएको भवनमा संचालित उद्योगको आइतवार औपचारिक रुपमा उद्घाटन समेत भएको छ ।
वडाध्यक्ष राजेन्द्रकुमार जोशीले उद्योगको उद्घाटन गरेका हुन् ।यसअघि बेकरीका परिकारमात्र उत्पादन गर्दै आएको उद्योगले अव भने क्याफे सेवासहित खाजाका बिभिन्न परिकार पनि उपलब्ध गराउने संचालक रेमन श्रेष्ठले बताए ।
‘२०६८ सालमा आरुघाटमा बेकरी सुरु गरेको थिए,’ उनले भने, ‘२०७२ सालमा गोरखा बजार आएर त्यसलाई निरन्तरता दिदैँ आएको थिए ।’ उद्घाटन कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।




