| आइतवार, कार्तिक २२, २०८३

गण्डकीमा नयाँ मकैबाली पकेट बिकास कार्यक्रम संचालन हुँदै

गण्डकी गाउँपालिकामा नयाँ मकैबाली पकेट बिकास कार्यक्रम संचालन हुने भएको छ । गण्डकी गाउँपालिकाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कार्यक्रम संचालन हुन लागेको हो ।

दुई बर्षका लागि संचालन हुने उक्त कार्यक्रम संचालनका लागि पालिकाले इच्छुक कृषि समूह÷सहकारी÷कृषि फर्महरुसँग आवेदन माग गरेको छ । सार्वजनिक सूचना जारी गर्दै पालिकाले आवश्यक कागजात सहित पुष १७ गतेभित्र आवदेन दिन आग्रह गरेको छ । ती मध्ये कुनै एक समूहलाई छनोट गरी कार्यक्रम लागू गरिने गाउँपालिका कृषि शाखा प्रमुख सपना थारुले बताइन् ।

‘परियोजनाको प्रावधान अनुसार १० देखि १५ हेक्टर क्षेत्रफलमा कार्यक्रम संचालन गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘सोही अनुसार सबै मापदण्ड पुरा भएको कृषक समूह छनोट गरेर कार्यक्रम लागू गर्छाै ।’ छनोट भएको समूहलाई अनुदानमा स्वदेशी उन्नत तथा हाइब्रिड जातको बिउ वितरणसँगै सिंचाईका लागी संचरना निर्माण र मेसिनरी उपकरण प्रदान गरिने बताइएको छ ।

मकै लगाउने तथा छोडाउने मेसिन उपलब्ध गराउने र आवश्यकता अनुसार तालिम एवं प्राविधिक सहयोग समेत उपलब्ध गराइने पालिकाले जनाएको छ । कार्यक्रमले पालिकाको मकै उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको थारुले बताइन् । ‘यो पालिकामा मकै उत्पादन पहिलेदेखि नै राम्रो छ, आयोजनाले उत्पादन बढाउन थप मद्दत पु¥याउछ,’ उनले भनिन् ।

स्वदेशी बिउको उत्पादन तथा प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनले बताइन् । उक्त कार्यक्रमका लागि १२ लाख रकम विनियोजन भएको उनले जानकारी दिइन् । पालिकामा यस अघि सुन्तला पकेट बिकास कार्यक्रम संचालन भएको थियो । सो कार्यक्रम अन्तरगत पालिकाको वडा नं ६ भुम्लिचोक स्थित बिजौरे कृषक समूहलाई ३ हजार बिरुवा वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्