
पश्चिमकाली मन्दिर परिसरमा पिकनिक स्थल निर्माण सुरु
गतिलो पिकनिकस्पटको खाँचो भइरहेको गोरखाबजारको नजिकै पश्चिमकालीमा पिकनिकस्पट निर्माणको काम सुरु भएको छ । यहाँ पिकनिकस्पट निर्माण भएपछि गोरखा बजार तथा बाहिरबाट आउने भ्रमणकर्ताहरुलाई पनि सहज हुने विश्वास लिइएको छ ।
पश्चिमकाली व्यवस्थापन समितिको सक्रियतामा पिकनिक स्पट निर्माणको काम सुरु भएको समितिका अध्यक्ष बिनोद अर्यालले बताए । ‘यहाँका मान्छेहरु पिकनिक खान भन्दै कता कता पुग्छन् तर सदरमुकाममा भने एउटा पनि राम्रो पिकनिक स्पट छैन’, उनले भने, ‘त्यसैले एउटा व्यवस्थित पिकनिक स्पट बनाउन लागेका हौ ।’ पश्चिमकाली मन्दिरको प्रचारप्रसारमा समेत टेवा पु¥याउने उद्देश्य रहेको उनले जानकारी दिए ।
उक्त स्थलमा पानीको धारा, बत्ती र शौचालय निर्माण गरिने बताइएको छ । भत्किएका पर्खालहरुको निर्माण गरिने छ । ‘सबै संरचनाहरु चन्दा संकलनबाटै निर्माण गर्ने योजना हो, स्थानीय सरकारले सहयोग ग¥यो भने थप बृहत योजना बनाएर जानेछौँ’, उनले भने ।




