| आइतवार, कार्तिक २२, २०८३

चुमनुब्रीको उत्कृष्ट लोगो बनाउनेलाई ५० हजार पुरस्कार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले पालिकाको उत्कृष्ट लोगो बनाउनेलाई ५० हजार पुरस्कार प्रदान गर्ने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै पालिकाले आफ्नो प्रतिक चिन्ह (लोगो) निर्माण गरी पेश गर्न आहवान गरेको हो ।

पालिकाको भूगोल, जनजीवन, ऐतिहासिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा अन्य विशिष्ट पहिचान झल्कने गरी प्रतिस्पर्धात्मक विधिबाट लोगो निर्माण गरी प्रयोजनमा ल्याउने प्रयोजनार्थ लोगो निर्माण गर्न आवश्यक रहेको पालिकाले जनाएको छ ।

पालिकाले इच्छुक व्यक्ति, फर्म वा संस्थाले पालिकाको शर्तहरु पालना गर्दै पुस ११ गतेभित्र लोगो निर्माण गरी पालिकाको कार्यालयमा पेश गर्न आग्रह गरेको छ । स्वीकृत हुने डिजाइनकर्ताले ५० हजार सहित सम्मानपत्र प्राप्त गर्ने पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्