| आइतवार, कार्तिक २२, २०८३

धानवालीमा पुगेको क्षतिको विवरण संकलन सुरु

केही दिन अघिको बर्षाले जिल्लाको धान बालीमा पु¥याएको क्षति विवरण संकलनको काम सुरु भएको छ । क्षतिको विवरण माग गर्दै कृषि ज्ञान केन्द्रले जिल्ला सबै पालिकामा पत्राचार गरिसकेको छ ।

‘कृषि बिकास निर्देशनालय पोखराले जिल्लाको क्षति विवरण उपलब्ध गराउन भनेर हामीलाई पत्राचार ग¥यो,’ कार्यालयका सूचना अधिकारी सुमन भट्टराईले भने, ‘त्यही अनुसार हामीले विवरण उपलब्ध गराइदिन भन्दै पालिकालाई पत्राचार ग¥यौँ ।’ सबै पालिकाको विवरण उपलब्ध भएपछि निर्देशनालयमा पठाइने उनले बताए ।

निर्देशनालयले गण्डकी प्रदेशभरको क्षति विवरण संकलन गरेर मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई बुझाउने उनले जानकारी दिए । ‘सिधै क्षतिपूर्ती दिने भन्नेचाहि हुदैन तर मुख्यमन्त्रीको कार्यालयले पीडित किसानहरुका लागि पुनस्र्थापना कार्यक्रम मार्फत अनुदान वितरण गर्छ,’ उनले भने ।

कार्यालयको पत्र अनुसार पालिकाहरुले वडा स्तरबाट क्षति विवरण संकलनको काम थालेका छन् । सार्वजनिक सूचना जारी गर्दै पालिकाले आवश्यक कागजातसहित कृषि शाखामा विवरण उपलब्ध गराउन आग्रह गरेको छ । क्षति भएको धानवालीको जात, क्षति भएको क्षेत्रफल, क्षति भएको प्रतिशत, क्षति भएको उत्पादन लगायतका विवरण सहित वडा कार्यालयको सिफारिस र प्रहरी मुचुल्का समेत बुझाउन पालिकाहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्