| आइतवार, कार्तिक २२, २०८३

सिद्धि गणेशको अध्यक्षमा पुनः कट्टेल

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले पुनः शरदबाबु कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा काजीराम श्रेष्ठ, सचिवमा श्रवणकुमार जोशी र कोषाध्यक्षमा विशाल राना मगर चयन भएका छन् ।

सदस्यहरुमा ज्ञानहरी अर्याल, भोलाप्रसाद मरहट्टा, बसन्त बस्नेत, रामहरी केसी र मनकाजी श्रेष्ठ रहेका छन् । अधिवेशनले नारायण खत्रीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । जसको सदस्यमा गोर्कण राना मगर र डण्डपाणी कट्टेल रहेका छन् ।

कार्यक्रममा सचिव काजिराम श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विशाल राना मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा संस्थाका संस्थापक अध्यक्ष अच्युतलाल श्रेष्ठ सम्मानित भएका छन् । दोसल्ला ओडाएर कदरपत्रले उनलाई सम्मान गरिएको संस्थाका प्रवन्धक गणेश श्रेष्ठले बताए ।

संस्थाका अध्यक्ष कट्टेलको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यता भएको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका निवर्तमान संयोजक कृष्णकुमार श्रेष्ठ, उपाध्यक्ष श्रवणकुमार जोशी, पत्रकार महासंघ गोरखाका कोषाध्यक्ष मोहसिन अलिमियाँ, गौरी देवी कट्टेल, कपिलबाबु अर्याल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्