| आइतवार, कार्तिक २२, २०८३

हिमचुली सहकारीकोे ३१ औं स्थापना दिवस सम्पन्न

हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँबजार गोरखाको ३१ औं स्थापना दिवस सम्पन्न भएको छ ।
स्थापना दिवसको अवसरमा गत शनिबारदेखि विभिन्न कार्यक्रमहरु गरेर मनाइरहेकामा मंगलबार विशेष कार्यक्रम गरी स्थापना दिवस समारोह सम्पन्न गरेको संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठले जानकारी दिए ।

सहकारीले गत शनिबार एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना गरेको थियो भने आइतबार गोरखा नगरपालिकाभित्रका मावि स्तरीय कक्षा ९ का विद्यार्थीहरु बीच “आर्थिक समृद्धिमा बचत तथा ऋण सहकारी” विषयमा निवन्ध लेखन प्रतियोगिताको पनि आयोजना गरेको थियो । प्रतियोगितामा द वल्ड क्यापिटल मा.वि. रानीवनका श्री प्रसिद्धिका अर्यालले प्रथम स्थान हासिल गरेकी सहकारीले जनाएको छ ।

साथै, सरस्वती मा.वि. आहालेका कृतिका लामिछाने द्वितीय, महालक्ष्मी मावि लक्ष्मीबजारका अञ्जना श्रेष्ठ तृतीय र महेन्द्र मावि कुन्दुरका करण कुमाल सान्त्वना भएको संस्थाका ब्यवस्थापक प्रेम श्रेष्ठले जानकारी दिए । बिजेताहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

स्थापना दिवसकै अवसर पारेर सहकारीले सोमबार सरसफाई कार्यक्रमको पनि आयोजना गरेको श्रेष्ठले जनाए । संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा तथा गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका पूर्व सञ्चालकहरु, क्षेत्रीय संयोजक, सल्लाहाकार लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्