
क्यान्सर पीडित बस्नेतको उपचारार्थ रकम संकलन
पालुङटार नगरपालिका–९ बिर्दीकी क्यान्सर पीडित मनकला बस्नेतको उपचारका लागी रकम संकलन शुरु गरिएको छ । स्थानीय खिलबहादुर अधिकारीको पहलमा आर्थिक संकलन गरिएको हो । हालसम्म ११ हजार ३४५ रकम संकलन भएको अधिकारीले बताए ।
उनका अनुसार देवि महिला समूहले ५ हजार ११५, ज्ञानबहादुर खत्रीले २ हजार ११५ र इन्द्रा अधिकारी बस्नेतले ३ हजार रकम सहयोग गरेका छन् । अधिकारी स्वयमले पनि १ हजार ११५ रकम सहयोग गरेको बताइएको छ । ४० बर्षीया ती महिलाको हाल ब्लड अस्पताल जाउलाखेलमा उपचार भइरहेको बताइएको छ ।
करिव एक महिना अघि मात्र उनलाई क्यान्सर पुष्टी भएको हो । उनको उपचारका लागी करिव ५० लाख लाग्ने भएकाले आर्थिक सहयोग गरिदिन परिवारजनले आग्रह समेत गरेका छन् । सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्वर ३०१९०१०००१२३४६०१० मा रकम जम्मा गर्न सक्ने बताइएको छ ।




