| आइतवार, कार्तिक २२, २०८३

आरुघाटमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

आरुघाट गाउँपालिका वडा नम्वर १० फुलपाती भन्ज्याङमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैक शाखा कार्यालय आरुघाटको आयोजनामा शनिवार कार्यक्रम भएको हो ।

वडा कार्यालयको भवनमा भएको कार्यक्रममा जनप्रतिनिधी, उपभोक्ता समितिका पदाधिकारी, स्थानीय बुद्धिजिवी, समाजसेवी, सामाजिक सुरक्षा भत्ताका लाभग्राही, शाखाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा उपभोक्ता समितिको खाता संचालन, कर्जा, डिजिटल बैंकिङ सेवा, चेक सटही तथा नगद जम्मा,भौचर लगायत अन्य बैंकिङ गतिविधीबारे जानकारी गराइएको थियो ।

बैकका आरुघाट शाखा प्रमुख सुजन क्यापछाकी मगरको अध्यक्षता तथा वडा नम्वर १० का वडाध्यक्ष सन्जितश्रेष्ठको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमकै अवसरमा वडा नम्वर ९ र १० का लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्