| शुक्रबार, बैशाख १७, २०८३

सिद्धि गणेशको नाफा २४ लाख

दरौँदी ः सदरमुकाममो सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७३÷०७४ नाफा २४ लाख १७ हजार एकसय सात रुपैँया १९ पैसा खुद मुनाफा कमाएको छ । सहकारीको आठौँ साधारण सभा पछि पत्रकार सम्मेलन गरेर सहकारीले आफ्नो आयब्यय सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष अच्यूतलाल श्रेष्ठले सहकारीको कुल पुँजी २ करोड ९५ लाख ७ हजार ८ सय ३५ रुपैयाँ ८३ पैसा पुगेको जानकारी दिए । त्यस्तै उनले सहकारीको कुल सम्पती १३ करोड ८७ लाख ३१ हजार ३६ रुपैयाँ १३ पैसा रहेको बताए । नौ सय ११ शेयर सदस्य पुगेको सिद्धि गणेशले आठ करोड ९० लाख १९ हजार ८ सय ९४ रुपैयाँ ३१ पैसा लगानी गरेको छ ।
हाल सहकारीले १० करोड ७३ लाख ५८ हजार ८ सय ७२ रुपैयाँ १९ पैसा बचत गरेको सहकारीका प्रबन्धक गणेश श्रेष्ठले जानकारी दिए । सहकारीले आगामी दिनमा बचत विस्तार गर्ने, सामाजिक हकहितका कार्यक्रमलाई अझै प्रबर्दन गर्ने, रेमिट्यान्स सेवा अझै प्रभावकारी बनाउने, लघु उद्यमीहरुलाई कर्जा प्रदान गर्ने लगायतका सेवालाई अझै चुस्त बनाउने जनाएको छ । साथै संस्थाले ई बैंकिङ्ग र मोवाईल एप्स सुविधा समेत दिँदै आएको छ । सहकारीले केही महिना भित्रै सहकारीले एटिएम सेवा समेत प्रदान गर्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्