| आइतवार, कार्तिक २२, २०८३

तीन दिनदेखि सुनको मूल्य स्थिर, कति छ बजार भाउ ?

तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम हुँदा तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँ तोकिएको छ ।

आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

गत ५ माघमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार रुपैयाँ तोकिएको थियो ।

सोमबार चाँदीको मूल्य भने २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्