| आइतवार, कार्तिक २२, २०८३

गोरखा नपा २ का किसानलाई कृषि सामग्री वितरण

गोरखा नगरपालिका वडा नं. २ का किसानहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । बिहिबार एक कार्यक्रम गरी नगर प्रमुख कृष्ण राना मगर र उपप्रमुख मसलीमाया थोकर (सपना पुन)ले हाते टयक्टर, पाइप र प्लास्टिक टनेल हस्तान्तरण गरेका वडाअध्यक्ष रहम तुल्ला मियाँले जानकारी दिए ।

सानको ५० प्रतिशत लागत साझेदारीमा ७ जना कृषकलाई हातेट्याक्टर, बेमौसमी तरकारी खेती गर्ने ३ जना किसानलाई प्लास्टिक टनेल वितरण गरिएको वडाअध्यक्ष मियाँले बताए । उनका अनुसार ११० एमएम र २० एम एमको पाइप भने शतप्रतिशत अनुदानमा वितरण गरिएको हो ।

हातेट्याक्टरमा किसानको ५० प्रतिशत र ५० प्रतिशत वडा कार्यालयको लागत साझेदारी रहेको छ । कृषितर्फको १५ लाख रुपैयाँको लागतमध्य ५ लाखको कृषि सामग्री वितरण गरिएको उनले बताए । बाँकी १० लाख भने कोखे आहाले कृषि सहकारीको गाई पालन योजनाका लागि छुट्याएको वडाध्यक्ष मियाँले जानकारी दिए ।

यो आर्थिक वर्ष २०७९/०८० को कृषि तर्फको बजेट हो । सो बजेट विभिन्न कारणले क्रमागत रहेको उनले बताए । अहिले सोही बजेटले कृषि सामग्री खदिर गरि वितरण गरिएको उनको भनाई छ । यसअन्तरगत ७ वटा बंगुरको पाठा खरिद गरिसकेको तर वितरण गर्न भने बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्