
उवासंघ मनकामना इकाईको अध्यक्षमा लिलाम्बर थापा
उद्योग वाणिज्य संघमनकामना इकाईको अध्यक्षमा लिलाम्बर थापा चयन भएका छन् । आइतबार सम्पन्न साधारण सभा एवम चौथो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, सचिव खड्क नारायण श्रेष्ठ, सह—सचिव राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष बसन्त मल्ल चयन भएका छन् ।
सदस्यहरुमा क्रमश रमेश मल्ल, कलाकार थापा, राज थापा, खोलमान श्रेष्ठ, अमृता थापा, जुना थापा, सरस्वती गैरे र शर्मिला थापा चयन भएको अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । अधिवेशनमा अध्यक्षले वार्षिक प्रतिवेदन र कोषध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता तथा शहिद लखन थापा गाँउपालिका अध्यक्ष रमेश थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उवासंघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, इकाईका संस्थापक अध्यक्ष दिनेश जोशी, वडा नं. २ की वडाध्यक्ष सकुन थापा, वडा नं. ३ का वडाध्यक्ष दिपक पाण्डे, वडा नं. ७ का वडाध्यक्ष शरण श्रेष्ठ, उवासंघ गोरखाका कार्यसमिति सदस्य शिव धोज खत्री, प्रदिप खनाल, माइ मनकामना खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेम कुमार श्रेष्ठ, माई मनकामना बचत तथा श्रृण सहकारी संस्थाका अध्यक्ष सन्तोष जोशी लागायतले मन्तव्य राखेका थिए ।




