
साधना लघुबित्तको बार्षिक साधारणसभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित
साधना लघुबित्त बित्तीय संस्था लि.को छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरख सदरमुकाममा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले गत आर्थिक बर्ष २०७८÷०७९को नाफाबाट १९ प्रतिशत बोनश शेयर तथा २०७८÷०७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु ३२,१२,२५,५००÷– कर प्रयोजनका लागी १ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
साथै आर्थिक बर्ष २०७९÷०८० को बाह्य लेखा परिक्षण कार्यका लागी लेखापरिक्षक श्री एस.डि एण्ड एसोसिएट्स,चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थाले भबिष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाम्ने÷गाभिने तथा प्राप्ती÷सहमती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागी उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्न, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागी नेपाल राष्ट्र बैकमा निवेदन दिन,सम्पत्ति तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता,मूल्याकङ्गनकर्ता,लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी बिशेष प्रस्ताव पारित गरेको छ ।
बार्षिक साधारण सभालाई सम्वोधन गर्न हुदै वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले कथित संघर्ष समितिको आन्दोलनले कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्ताहरुलाई उत्कृष्ट प्रतिफल दिने बताए ।
संस्थाको गुणस्तर बृद्धि गरी ग्राहक सदस्यहरुलाई उत्कृट बित्तीय सेवा प्रदान गर्न निरन्तर लागि पर्ने पनि उनले कार्यक्रममा प्रतिबद्ध जनाएका थिए । हाल बित्तीय संस्थाको ९३ बटा शाखा कार्यालयहरु मार्फत एक लाख भन्दा धेरै घर परिवारलाई प्रत्यक्ष बित्तिय सेवा प्रबाह गरिरहेको छ ।




