
तनहुँको बन्दीपुर केवलकारको ९० प्रतिशत काम सम्पन्न, बैशाखदेखि संचालनमा आउने
बन्दीपुर केवलकार बैशाख देखि संचालनमा आउने भएको छ । नयाँ वर्षको सुरुवातसँगै केवलकार संचालनमा ल्याउन लागिएको हो । १ बैशाख ०८० देखि ठुलढुंगाबाट बन्दीपुरसम्म केवलकारले सेवा दिने पन्चासे केवलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनका अनुसार नयाँ वर्षदेखि केवलकार संचालनमा ल्याउन लागिएको हो ।
केवलका रको ९० प्रतिशत काम सम्पन्न भैसकेको छ । बाँकी रहेको काम पनि तीव्र रुपमा अघि बढेको उनले बताए । बन्दीपुर केवलकारको ९० प्रतिशत काम सम्पन्न, बैशाखदेखि संचालनमा आउने बन्दीपुरमा १७ तलाको क्वीन टावर निर्माण भैरहेको छ । अहिलेसम्म क्वीनटावरको ७० प्रतिशत काम सम्पन्न भएको छ ।
केवलकार निर्माणको काम ०७६ बाट सुरु गरिएको हो । सुरुमा बनको काम र त्यसपछि कोरोनाको कारणले गर्दा निर्माणमा ढिलाई भएको उनले भनाइ छ । दुई अर्व ६० करोडको लगानीमा सुरु गरिएको केवलकार निर्माण केही समय कोरोनाले प्रभाव पारेपनि पछिल्लो समय भने गति लिएको छ ।
बन्दीपुर पर्यटकीय क्षेत्र भएकाले यहा ँ धेरै भन्दा धेरै पर्यटक आउने गर्छन् । पर्यटकको रोजाइको लागि क्वीन टावरमा दृश्यकोठा र त्यो कोठामा जानको लागि लिफ्ट पनि बनाइएको छ ।
केवलकारमा २१ वटा डिव्वा केवलकारमा १९ वटा मानिस बस्ने र दुई वटा सामान बोक्ने डिव्वा जडान ग िरनेछ ।
ठुलढुंगादेखि बन्दीपुरसम्मको सत्र सय मिटर दुरीमा एघार वटा टावर बनाइएको छ ।
आरकेडी होल्डिङस्, टुरिजम इन्भेस्टमेन्ट फ न्ड लिमिटेड र पन्चासे केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको ५१ प्रतिशत शेयर र बाँकी ४९ प्रतिशत शे यर विभिन्न संघ संस्था, कम्पनी तथा स्थानीयकोलगानी रहेको छ ।




