
तिहारमा फुटपाथमा ब्यापार गर्न नदिन मसला ब्यवशायीको माग
मसला तथा किराना ब्यवशायी संघले तिहारमा जथाभावि फुटपाथमा दर्ता बिना मसला, रङहरु बिक्री गर्ने काम रोक्न माग गरेको छ । गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराललाई ज्ञापन पत्र बुझाउँदै संघले ध्यानाकर्षण गराएको अध्यक्ष अरबिन्द कुमार गुप्ताले बताए ।
दर्ता नभएका ब्यक्तिले गैरकानुनी रुपमा फुटपाथमा सामग्री बिक्री गर्ने गरेको, सडेगलेको खानेकुरा, भाईमसलाहरु बिक्री गर्ने गरेको, मिसावट युक्त रङ बेच्ने गरेकाले त्यस्तो रोक्न माग गरेको हो । फुटपाथमा ब्यापार गर्न आउनेलाई करको दायरामा ल्याउनुपर्ने, पोकामा सामग्री लिएर बेच्दै हिड्नेलाई कारवाही गर्नुपर्ने माग राखिएको अध्यक्ष गुप्ताले बताए ।
अब्यवस्थित ब्यापार नरोक्दा दर्ता गरेर ब्यवशाय गर्दै आएकाले ब्यापार हुने मुख्य सिजन चाडबाडका बेला नोक्सान झेल्नुपरेको गुनासो मसला ब्यवशायीको छ ।
मसला तथा किराना ब्यवशायी संघगोरखाले प्रशासन, नगरपालिका, प्रहरी, घरेलु कार्यालय, वडा नम्बर ६ को कार्यालय, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श लगायतलाई बोदार्थ सहित ज्ञापन पत्र बुझाएको छ ।




