
भिमसेन थापा गाउँपालिकाद्धारा कारागारका कैदीबन्दीलाई खसी सहयोग
गोरखाको भिमसेन थापा गाउँपालिकाले गोरखा कारागारका कैदीबन्दीलाई खसी सहयोग गरेको छ ।
कैदीबन्दीले पनि रमाईलो गरी दशैँ मनाउन पाउन् भन्ने उद्देश्यले सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।
गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले शुक्रवार एक कार्यक्रमका बिच कारागार शाखा गोरखामै पुगेर कैदीबन्दीलाई गाउँपालिकाको तर्फबाट खसी सहयोग गरेका हुन् ।




