| आइतवार, कार्तिक २२, २०८३

शहिदलखन गाउँपालिकाद्वारा मानवसेवा आश्रम र गुरुकुललाई आर्थिक सहयोग

गोरखाको शहिदलखन गाउँपालिकाले मानव सेवा आश्रम गोरखा र गोरक्षनाथ वैद्धिक गुरुकुललाई आर्थिक सहयोग गरेको छ । शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले मानव सेवा आश्रमलाई एक लाख र गुरुकुललाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

मानव सेवा आश्रमलाई दशैँ खर्च र गुरुकुललाई थप ब्यवस्थापनकालागि उनले उक्त रकम सहयोग गरेका हुन् ।
आश्रमका अविभाबक सित्तलकाजी मास्के र गुरुकुलका शिक्षक प्रदिपराज उपाध्यायलाई उक्त रकम प्रदान गरिएको हो । शहीदलखन गाउँपालिकाले यस अघि पनि मानव सेवा आश्रमलाई भबन निर्माण र ब्यवस्थापनमा सहयोग गर्दै आएको थियो ।

मानव सेवा आश्रमले आयोजना गरेको बिजयादशमीको शुभकामना अदान प्रदान कार्यक्रमको अवसर पारेर उक्त सहयोग हस्तान्तरण गरिएको मानव सेवा आश्रमकी मुना लामाले बताईन ।

कार्यक्रममा शहीदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा, रिपुमर्दन गणका गणपती हेम बिष्ट, सामाजिक बिकास कार्यालयका प्रमुख दिपेन्द्र परियार, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, आश्रमका अविभाबक सित्तलकाजी मास्के लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्