| सोमवार, कार्तिक २३, २०८३

घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले  सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । महासंघले हिजो चाँदीको कारोबार प्रतितोला १ हजार १७० रुपैयाँमा भएको जनाएको थियो । जुन, आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको हो ।
 

प्रतिक्रिया दिनुहोस्